रवि लामिछानेप्रति ज्ञानेन्द्र शाहीको गुनासो-‘हिजो पक्राउ पर्दा काँध थापेँ, आज गृहमन्त्री भएपछि मलाई नै पुलिस लगाएर कुटाए’

नेपालभ्युज

रवि लामिछानेप्रति ज्ञानेन्द्र शाहीको गुनासो-‘हिजो पक्राउ पर्दा काँध थापेँ, आज गृहमन्त्री भएपछि मलाई नै पुलिस लगाएर कुटाए’

काठमाडौं । राप्रपा संसद ज्ञानेन्द्र शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूको आन्दोलनमा बल प्रयोग गर्न लगाएको भन्दै गुनासो गरेका छन् ।

राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा आफूसहित कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै बुधबारको संसद बैठकमा गृहमन्त्री लामिछानेप्रति गुनासो गरे ।

‘मान्छे सकिने बेलामा आफ्नै घरमा आगो लगाउँछ’ भन्दै ज्ञानेन्द्र शाहीले आत्महत्या दुरुत्साहन मुद्दामा रवि पक्राउ पर्दा आफूले काँध थापेर आन्दोलन गरेको स्मरण गरे । उनकै पक्षमा आन्दोलन गरेको आफूलाई नै आज उनी नै गृहमन्त्री भएपछि प्रहरी लगाएर कुटाएको शाहीले आरोप लगाए ।

‘‘हिजो रविलाई थुन्दा कहाँ हुनहुन्थ्यो । हिजो मैले रविलाई काँध हालेर हिँडेको हुँ । उनलाई प्रहरीले थुन्दा आन्दोलन लिएर गएँ । आज रवि लामिछानेसँग जोडिएर कैयौँ मानिस सांसद भए । तर, हिजो उनलाई प्रहरीले थुन्दा कहाँ थिए ? हिजो रविलाई थुन्नुपर्छ भन्नेहरू उहाँकै पार्टीका ठुलाठुला पदमा हुनुहुन्छ । केही उहाँकै पार्टीका सांसद छन् । हिजो त्यो बेलामा उहाँलाई काँध थापेको थिएँ मैले’’ शाहीले भने, ‘‘आज म आफैँले आन्दोलन गर्दा रविले नै मलाई डीएसपी लगाएर कुटाए । मेरो कपडासम्म च्यात्न लगाउनुभयो । हिजो काँध थाप्नेलाई आज पिट्नुभएको छ । मान्छे सकिने बेलामा आफ्नै घरमा आगो लगाउँछ । हिजो काँध थाप्ने मान्छेलाई कुट्नुभयो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved