स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : बाबुराम भट्टराई

नेपालभ्युज

स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : बाबुराम भट्टराई
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उनको भनाई छ । भट्टराईले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए ।

कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पु¥याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्याउनसके मात्रै देश विकास सम्भव हुने उनले जिकिर गरे ।

भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved