पञ्जाबमाथि हैदराबादको रोमाञ्चक जित

नेपालभ्युज

पञ्जाबमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं । आईपीएल(IPL)मा सनराइजर्स हैदराबादले पञ्जाब किङ्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।

१८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रन मात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । समान ५ खेल खेलेको हैदराबाद पाँचौं र पञ्जाब छैटौं स्थानमा छ ।

आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved