राष्ट्रियसभाको उपाध्यक्षका लागि आज चुनाव हुँदै, यस्तो छ अंक गणित

नेपालभ्युज

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज चुनाव हुँदै, यस्तो छ अंक गणित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि हिजो दुईजनाको उमेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरे २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष मात्र बाँकी छ । राष्ट्रियसभाको सदस्य संख्याका अनुसार सत्ता गठबन्धनकी उम्मेदवार घिमिरेको पक्षमा बहुमत देखिन्छ ।

यसअनुसार घिमिरेको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छन् । गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्रसँग १६, नेकपा एमालेसँग १०, नेकपा (एकीकृत समाजवादी) सँग ८ र जनता समाजवादी पार्टी (जसपा) सँग ३ सदस्य छन् । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved