पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले मुलुकका पहाडी भेगमा आंशिक बदली छ भने बाँकी भेगको मौसम सफा रहेको छ । आज दिउँसो पनि पहाडी भू–भागमा आंशिक बदली नै हुने छ ।

बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको केही स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने महाशाखाको अनुमान छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved