संसद बैठक अवरोध गर्ने कांग्रेसको निर्णय, समिति गठनको मागबाट पछि नहट्ने

नेपालभ्युज

संसद बैठक अवरोध गर्ने कांग्रेसको निर्णय, समिति गठनको मागबाट पछि नहट्ने

काठमाडौं । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।

बिहान बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रमुख सचेत रमेश लेखकले छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले लामो समयदेखि गृहमन्त्री लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ ।

अहिले केहीबेरमा प्रतिनिधि सभा बैठक बोलाइएको छ । संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नभएपछि आजको संसद बैठक चल्नेमा आशंका बढेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved