कांग्रेसको संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने भूमिका तय गर्ने

नेपालभ्युज

कांग्रेसको संसदीय दलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने भूमिका तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसको संसदीय दल बिहान ८ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । आज बस्ने संसद्को बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

यस विषयमा सभामुखसँगको छलफलमा कुनै सहमति नभएपछि कांग्रेसले आगामी रणनीति तय गर्न दलको बैठक बोलाएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्ने उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved