उपनिर्वाचन : आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने

नेपालभ्युज

उपनिर्वाचन : आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । त्यसपछि दिउँसो ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते मतदान हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved