आईपीएल: चेन्नईद्वारा कोलकाता ७ विकेटले पराजित

नेपालभ्युज

आईपीएल: चेन्नईद्वारा कोलकाता ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग IPL(आईपीएल) मा चेन्नाई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमव ४ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । चेन्नईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए ।

शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोड । यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे । कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ । कोलकाता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावत् छ । आईपीएलमा आज पञ्जाब किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved