पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, केही स्थानमा हावा– हुरीको सम्भावना

नेपालभ्युज

पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, केही स्थानमा हावा– हुरीको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली भएको छ । आज दिउँसो मुलुकका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ ।

बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा हावा–हुरीको सम्भावना छ । आज राती पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved