एसीसी प्रिमियर कप : साविक विजेता नेपाललाई एसिया कप पुग्‍ने अर्को अवसर

नेपालभ्युज

एसीसी प्रिमियर कप : साविक विजेता नेपाललाई एसिया कप पुग्‍ने अर्को अवसर

काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसोसिएट्स राष्ट्रहरुका लागि एसीसी प्रिमियर कप आयोजना गर्ने गर्दछ।

एसोसिएट्स राष्ट्रले यस प्रतियोगितामार्फत एसिया कपमा आफ्नो स्थान पक्का गर्ने अवसर प्राप्त गर्दछन्।

एसिया कपमा छनोट हुन सके एसोसिए्स राष्ट्रलाई टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । गत संस्करणको विजेता बन्दैँ एसिया कपमा छनोट भएको नेपालको लागि आगामी संस्करण पनि निकै महत्वपूर्ण हुनेछ।

विश्वलाई नै नेपाली क्रिकेटको स्तर चिनाएर नेपाली खेलाडीको क्षमता देखाउन एसीसी प्रिमियर कप एउटा सुनौँलो अवसर हो।

आगामी शुक्रबार एसीसीपुरुष प्रिमियर कप ओमानमा आयोजना हुँदैछ।

एसीसी प्रिमियर कप यसपटक टी–२० फर्म्याटमा खेलाइँदैछ। जसले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपको सहभागीतालाई थप मद्दत पुग्ने देखिन्छ।

नेपाल यस संस्करणमा साविक विजेताको रुपमा सहभागी हुँदैछ। गत वर्ष नेपालमा नै आयोजना भएको पहिलो संस्करणमा घरेलु टोलीले यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

प्रमियर कपमा यो पटक नेपाल, ओमान, बहराइन, कम्बोडिया, साउदी अरेबिया, कुवेत, यूएई, मलेसिया, कतार र हङकङसहित १० टोलीको सहभागीता रहेको छ। नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबियासँगै समूह ए मा छन्। बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई भने समुह बीमा परेका छन्।

सहभागी ८ एसोसिएट्स राष्ट्रहरु आइसीसी वरियताका आधारमा प्रतियोगितामा छनोट भएका हुन्। एसीसी पुरुष च्यालेन्ज कपमार्फत साउदी अरेबिया र कम्बोडिया एसीसी प्रिमियर कपमा छनोट भएका हुन्।

अप्रिल १२ मा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अप्रिल १३ मा नेपाल र कतार आमने सामने हुनेछन्। अर्को खेलमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले अप्रिल १५ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । अप्रिल १७ मा भने साउदी अरेबियासँगको खेल नेपालको समूह चरणको अन्तिम खेल हुनेछ।

समूह चरणको खेलपश्चात पहिलो हरेक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। दुवै सेमिफाइनल अप्रिल १९ मा खेलाइने छ।

सेमिफाइनलमा पराजित भएका २ टोली तेस्रो स्थानका लागि अप्रिल २० मा प्रतिस्पर्धा गर्नेछ। फाइनल पुगेका २ टोलीबीच भने अप्रिल २१ मा प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने दुवै टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

भारतमा आइतबार सम्पन्न भएको फ्रेण्डसीप कपको उपाधी जितेको राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा नेपालको लागि प्रतिस्पर्धा गर्ने छ। नेपाली टोली भारतबाट नै ओमान जाने तालिका रहेको छ।

भारतमा भएको फ्रेण्डसीप कपको आधारमा नै एसीसी प्रिमियर कप खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी गराएको थियो।

फ्रेण्डसीप कपमा सहभागी भएको १५ सदसीय टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्शन झा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा, र आकाश चन्द छन्।

उक्त प्रतियोगिता जारी रहँदा नेपाल ‘ए’ ले भने काठमाडौंमा आयरलेयान्ड ‘ए’ सँग टी- २० र एक दिवसीय सिरिज खेलिरहेको थियो । उक्त प्रतियोगिताबाट केहीले सिनियर टिममा अवसर पाउने सम्भावा पनि रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved