पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, पश्चिमी र स्थानीय वायुको प्रभाव

नेपालभ्युज

पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, पश्चिमी र स्थानीय वायुको प्रभाव
फाइल तश्वीर

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार आज राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकीसहित देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा(Light Rain)को सम्भावना छ ।

बाँकी भू–भागमा मौसम(Weather) मुख्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved