राजस्थानको सानदार जित, बैङ्लोर ६ विकेटले पराजित

नेपालभ्युज

राजस्थानको सानदार जित, बैङ्लोर ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

ओपनर जस बटलरको शतकमा राजस्थानले बैङ्लोरमाथि सानदार जित हात पारेको हो ।

१८४ रनको लक्ष्य पाएको राजस्थानले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरयो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सतक पुरा गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैङ्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

जितसँगै राजस्थान ४ खेलबाट अपराजित रहदै शीर्ष स्थानमा छ । कोलकाता ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

बैङ्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved