उपाधिका लागि नेपालले आज गुजरातसँग खेल्दै

नेपालभ्युज

उपाधिका लागि नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । भारतमा जारी मैत्रीपूर्ण कपको उपाधिकालागि नेपालले आज गुजरातसँग खेल्दैछ ।

भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले गुजरात क्रिकेट एसोसियसनको सामना गर्न लागेको हो । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जितेको नेपाल विजेताको रूपमा फाइनल पुगेको हो ।

गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेको हो । त्रिकोणात्मक श्रृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए ।

बरोडा भने लिग चरणबाटै बाहिरिसकेको छ । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।  नेपाल त्यहाँबाट ओमान जानेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved