दलबाट १२ र ८ स्वतन्त्र गरी इलाम-२ मा २० जनाको उम्मेदवारी

नेपालभ्युज

दलबाट १२ र ८ स्वतन्त्र गरी इलाम-२ मा २० जनाको उम्मेदवारी

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दलबाट १२ जना र ८ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्नेमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी छन् ।

साथै, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरले उम्मेदवारी दर्ता गराएका छन् ।

र, अन्य स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved