श्रममन्त्री अर्यालको चेतावनी : कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्

नेपालभ्युज

श्रममन्त्री अर्यालको चेतावनी : कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको दाबी गरे ।

उनले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न गरे ।

मन्त्री अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसदहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिए ।

अनियमितताको बारेमा खोज्न रास्वपाले पैसा दिएर खटाइरहनु नपर्ने उनको भनाइ थियो । उनले रास्वपाले अहिलेसम्म नखोजेको जिकिर गर्दै खोज्नुपरेको दिन सबै अनिमितताको भण्डाफोर गर्ने बताए ।

उनले सहकारीको समस्या समाधानको लागि काम गर्न आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved