कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

नेपालभ्युज

कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा १५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेस गरिएको थियो ।

रामहरि हत्याकाण्ड : कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकिएको थियो शव, १५ वर्षसम्म कानूनबाट यसरी बचे कालीबहादुर

शुक्रबार दुवै पक्षको बयान सुनेपछि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खामविरुद्ध काठमाडौं कोटेश्वर निवासी श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved