प्रधानमन्त्री ‘प्रचण्ड’ आज गोरखा दरबार पुग्दै

नेपालभ्युज

प्रधानमन्त्री ‘प्रचण्ड’ आज गोरखा दरबार पुग्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र गोरखा जाँदैछन् ।

गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा बहुचर्चित क्वार्ज क्रिष्टल प्रतिस्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।

त्यही क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजासहित बजार परिक्रमा गराउँदै दरबार लैजाने कार्यक्रम राखिएको छ । प्रचण्ड मध्यान्ह १२ बजे गोरखा पुग्ने गोरखा नगरपालिकाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved