मैत्रीपूर्ण टी–२० कपमा नेपालले आज बरोडासँग खेल्दै

नेपालभ्युज

मैत्रीपूर्ण टी–२० कपमा नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं । भारतमा जारी मैत्रीपूर्ण टी–२० कप क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

नेपाल लगातार तीन खेल जितेर फाइनल पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट भने बाहिरिसकेको छ ।

नेपालले फाइनल खेल्नु अगाडि बरोडासँग खेल्न लागेको हो । नेपाल(Nepal)ले आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले T-20 टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल उतैबाट ओमान जानेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द सहभागी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved