८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

नेपालभ्युज

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले चालु आवको ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै सो अवधिमा रेमिट्यान्स आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ सय ६१ अर्ब २२ करोड पुगेको जनाएको छ ।

यस अनुसार यो वर्ष मासिक औसत १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

यस वर्ष फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

साथै, फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved