उपनिर्वाचन

‘इलाम २ मा डम्बरबहादुर खड्का नै उम्मेदवार हुन्छन्’

नेपालभ्युज

‘इलाम २ मा डम्बरबहादुर खड्का नै उम्मेदवार हुन्छन्’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचन इलाम २ का लागि उम्मेदवार छान्न अझै सकेको छैन ।

पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच रस्साकस्सी भएपछि उम्मेदवार टुङ्ग्याउन सकस भएको हो । यसअघि बुधबार साँझ पनि उम्मेदवार टुङ्ग्याउनेगरी बैठक बसेको थियो । तर, कुनै प्रगति भएन । तर, आज भने उम्मेदवार टुङ्गिने नेताहरूले बताएका छन् ।

संस्थापन पक्षले इलाम २ मा डम्बरबहादुर खड्का (Dambar bahadur khadga) लाई उम्मेदवार बनाउन चाहेको छ । उनी यसअघि पनि त्यही क्षेत्रबाट पराजित पात्र हुन् । त्यसबेला उनी नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । तर, नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

संस्थापन पक्षले पुन: उनै खड्कालाई उम्मेदवार बनाउन चाहेको छ । “गत निर्वाचनअघि नै इलाम २ मा पाँचवर्ष खड्कालाई भन्ने सहमति भएको हो । अब पुन: उहाँ नै उम्मेदवार बन्नुहुन्छ,” सभापति शेरबहादुर देउवानिकट एक नेताले नेपालभ्युजसँग भने ।

तर, संस्थापनइतर पक्षले भने महाधिवेशन प्रतिनिधि भेषराज आचार्य (Bheshraj acharya) लाई उम्मेदवार बनाउनुपर्ने अड्डी कसेको छ । नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा यसपटक आचार्यलाई टिकट दिनुपर्ने अडान कसेका छन् ।

यसअघि बसेको बैठकमा नेता कोइरालासँगै महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताएका थिए । पार्टीमा फरक-फरक व्यक्तिलाई मौका दिनुपर्ने भन्दै नेता कोइरालाले भनेका थिए, “पार्टीमा योगदान गर्नेहरू सबैले बराबर मौका पाउनुपर्छ । उहाँ (डम्बरबहादुर खड्का) ले मौका पाइसक्नुभएको हो ।”

तर, त्यसमा सभापति देउवाले सहमति जनाएका छैनन् । उनले खड्काकै नाममा सहमति जुटाउनुपर्ने प्रस्ताव गरेका छन् । उनीनिकट ती नेता थप्छन्, “प्रस्ताव मात्रै होइन, उहाँको नाममा सहमति जुट्छ । पार्टीले आज टुङ्ग्याउँछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved