कालीबहादुर खामलाई चितवन लगियो

नेपालभ्युज

कालीबहादुर खामलाई चितवन लगियो

काठमाडौं । काठमाडौंको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाममगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलबार साँझ पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

रामहरि हत्याकाण्ड : कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकिएको थियो शव, १५ वर्षसम्म कानूनबाट यसरी बचे कालीबहादुर

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खाममगरसहितविरुद्ध काठमाडौं कोटेश्वर निवासी रामहरि श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खाममगरको खोजी जारी राखेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved