नेपाल आज गुजरातसँग खेल्दै, एक खेल अगावै फाइनल पुग्ने नेपालको लक्ष्य

नेपालभ्युज

नेपाल आज गुजरातसँग खेल्दै, एक खेल अगावै फाइनल पुग्ने नेपालको लक्ष्य

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस मैत्रीपूर्ण कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ ।

खेल दिउँसो पौने ३ बजे हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको छ ।

नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपाली टोली भारत भ्रमणमा छ ।

नेपालको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द समावेश छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved