समाजवादी मोर्चाले कार्यक्रम गर्दै, शीर्ष नेतृत्वले सम्वोधन गर्ने

नेपालभ्युज

समाजवादी मोर्चाले कार्यक्रम गर्दै, शीर्ष नेतृत्वले सम्वोधन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ । मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । मोर्चामा आवद्ध चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ (विप्लव सी) वक्ता रहने छन्।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved