मुम्बईको लगातार तेस्रो हार, राजस्थानसँग ६ विकेटले पराजित

नेपालभ्युज

मुम्बईको लगातार तेस्रो हार, राजस्थानसँग ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो ।

मुम्बईले दिएको एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र बनाएको थियो ।

पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ ।

उसको ३ खेलमा ६ अंक छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैङ्लोर र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved