कोशी र गण्डकीका पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने

नेपालभ्युज

कोशी र गण्डकीका पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने
फाइल तश्वीर

काठमाडौं । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा(Raining)को सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती देशका पहाडी भू–भागमा आंशिक बदली तथा देशको बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन(Lightening)सहित हल्का वर्षा हुने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री ५ सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved