आमाको हत्या आरोपमा छोरा पक्राउ

नेपालभ्युज

आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलाकी ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन पक्राउ परेका हुन् ।

गत फागुन ३० गते ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटनाको थप अनुसन्धानका क्रममा छोरा २६ वर्षीय मिलन गमालले घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिलनमाथि अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved