नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम टी – २० खेल्दै, सुखद अन्त्य गर्ने नेपालको लक्ष्य

नेपालभ्युज

नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम टी – २० खेल्दै, सुखद अन्त्य गर्ने नेपालको लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ ले आज आयरल्यान्ड (Ireland Wolves)उल्भ्सविरुद्ध अन्तिम टी २० खेल्दै छ । नेपाल घरेलु मैदानमा आयोजित ट्वान्टी–२० श्रृंखलाको अन्तिम खेलको सुखद अन्त्य गर्न चाहन्छ । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको उल्भ्सले श्रृंखलाको उपाधि जितिसकेको छ ।

आजको खेलमा पनि जित निकाले एल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । नेपाल आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

ट्वान्टी–२० (t-20)श्रृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved