आइपीएलमा लखनऊको पहिलो जित, पञ्जाब २१ रनले पराजित

नेपालभ्युज

आइपीएलमा लखनऊको पहिलो जित, पञ्जाब २१ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएल(IPL)मा लखनऊ सुपर जाएन्ट्स ले पञ्जाब किङ्गलाई २१ रनले पराजित गरेको छ । २ सय रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो ।

लखनऊको यो दोस्रो खेल हो । आइपीएलको दोस्रो खेलमा लखनउको यो पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल रहेको छ ।

आइपीएलमा आज दुई खेल हुँदै छन् ।

दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स (Gujrat Titans) र सनराईजर्स हैदराबाद भिड्ने छन् भने साँझ पौने आठ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्गस आमने सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved