देउवासँग छलफल गरेपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

नेपालभ्युज

देउवासँग छलफल गरेपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आगामी आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक डाकेका हुन् ।

बिहीबार बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो ।

विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved