घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

नेपालभ्युज

घाँस काट्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । समान्य विवाद हुँदा रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

घाँस काट्ने विषयमा विवाद हुँदा ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या(murder) गरेका हुन् । वृन्दावन नगरपालिका १ का वाइवाले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । एक आपसमा गालीगलोज सुरु हुन थालेपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट सोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । तीर्थले आफ्नै घाँटीमा हँसियाले रेटेको अबस्थामा नियन्त्रणमा लिएको छ । तीर्थले घटनाका बेला मादक पदार्थ सेवन(Drunk) गरेको प्रहरीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved