केजरीवाल पक्राउको विरोधमा आन्दोलित ‘आप’ का कार्यकर्ताले प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै

नेपालभ्युज

केजरीवाल पक्राउको विरोधमा आन्दोलित ‘आप’ का कार्यकर्ताले प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै

काठमाडौं । आम आदमी पार्टी (आप) ले आफ्ना नेता पक्राउको विरोधमा प्रधानमन्त्री नरेन्द्र मोदी(Narendra Modi)को निवास घेराउको तयारी गरेको छ ।

आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आपका कार्यकर्ताले मोदी निवास घेराउ गर्ने घोषणा गरेको हो । मदिरासम्बन्धी नयाँ कानुन बनाएर लाभ लिएको आरोपमा मुख्यमन्त्री केजरीवाल प्रवर्तन निर्देशनालय ED (ईडी) को हिरासतमा छन् ।

यसैको विरोधमा आम आदमी पार्टीका नेता/ कार्यकर्ताले नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आपको कार्यक्रमलाई रोक्न प्रशासनले सुरक्षाकर्मीको तैनाथी बढाएको छ ।

समाचार एजेन्सी (PTI)पीटीआईका अनुसार प्रधानमन्त्री निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आम आदमी पार्टीले पछिल्लो समय लगातार विरोध प्रदर्शन गर्दै आएको छ । केजरीवाललाई पक्राउ गरेपछि आपका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

#AamAdmiParty

#ArvindKejariwal

#DelhiCM


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved