सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः नेता खनाल

नेपालभ्युज

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः  नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका  हुन् । उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए। उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताए । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए।

उनले भने, ‘समाजवाद प्राप्त गरेर मात्रै तपाई, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ । विकास ल्याउन सक्छौँ । आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सक्छौँ । आजको युग अब समाजवादको युग हो ।’

सम्मानित नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका विरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका विरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताए । उनले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved