लामो समय खोकी लाग्दा कस्तो समस्या आउँछ ?

नेपालभ्युज

लामो समय खोकी लाग्दा कस्तो समस्या आउँछ ?

एजेन्सी । मौसम परिवर्तन भएसँगै रुघाखोकी जस्तो समस्या धेरैलाई हुने गर्छ । तर शरीरमा कतिपय कारणले गर्दा लामो समय खोकी निको हुँदैन ।

घाँटीमा सुख्खापन तथा संक्रमण हुनाले खोकी लामो समयसम्म लागिरहन्छ । विशेषज्ञका अनुसार यदी तपाईंको खोकी तीन हप्तामा पनि निको भएन भने डाक्टरसँग अवश्य सम्पर्क गर्नुहोस् ।

किनकी लामो समय लागिरहने खोकीले शरीरमा अन्य गम्भीर समस्याहरु ल्याउन सक्छ । यसबारेमा आज यहाँ जानौं–

  •  फोक्सोमा नै संक्रमण हुँदा लामो समयसम्म खोकी लागिरहने गर्छ । फोक्सोको संक्रमण धेरै फैलियो भने शरीरमा अरु नोक्सानहरु हुन सक्छ ।
  • निमोनियाले पीडित व्यक्तिलाई पनि लामो समय खोकीको समस्या हुन सक्छ । यस्ता व्यक्तिलाई लामो समयसम्म खकारसहितको खोकी लागिरहने गर्छ ।
  • लामो समय खोकी लागिरहँदा दमको समस्या भएको पनि हुन सक्छ । दम भएको अवस्थामा स्वासप्रस्वास नलीमा संक्रमण हुने गर्छ जसले विमारीलाई अलिकति पनि चिसो भयो भने खोकी लागिहाल्ने गर्छ ।
  • त्यस्तै साइनसले नाक बन्द हुने गर्छ जसले गर्दा खकार बन्न थाल्छ । जसले गर्दा खोकीको समस्या लामो समय हुने गर्छ ।
  • त्यस्तै यदी मानिसलाई टिबी भयो भने पनि खोकी लाग्ने समस्या हुन्छ । कमजोर शरीर तथा खोकी लागिरहने हुन्छ भने टिबीको समस्या भएको हुन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई देखाउनु नै बुद्धिमानी हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved