शरीरमा कोलेस्ट्रोल बढ्दा खुट्टामा देखिने संकेत

नेपालभ्युज

शरीरमा कोलेस्ट्रोल बढ्दा खुट्टामा देखिने संकेत

एजेन्सी । उच्च कोलेस्ट्रोललाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । शरीरमा खराब कोलेस्ट्रोल बढ्दा मुटुको रोग, नसाको रोग, हृदय घात जस्ता गम्भीर ज्यानै लिन सक्ने खालका रोग उत्पन्न हुन सक्छन् ।

उच्च कोलेस्ट्रोलको शुरुआती लक्षण एकदमै सामान्य हुने गर्छन् जसमा कोही व्यक्तिले खासै ध्यान दिएको हुँदैन । यही कारणले गर्दा शरीरमा कोलेस्ट्रोल बिस्तारै बढ्छ र जब यसको बारेमा थाहा हुन्छ त्यति बेलासम्म यसले शरीरमा धेरै नोक्सान पुर्या‍ईसकेको हुन्छ ।

समयमै यदि सावधानी अपनाइयो र ध्यान दिइयो भने उच्च कोलेस्ट्रोलका लक्षणहरुलाई सजिलै थाहा पाउन पनि सकिन्छ । खुट्टा चिसो भइरहनु उच्च कोलेस्ट्रोलको एउटा आम संकेत हो । यदि धेरै तापक्रममा पनि तपाईँका खुट्टा चिसा हुन्छन् भने यो पेरिफेरल आर्टरी डिजिजको संकेत हुन सक्छ ।

त्यस्तै क्लाउडिकेशन यानिकी रगतको बहावमा कमीले गर्दा हुने खुट्टाको दुखाई पनि उच्च कोलेस्ट्रोलको सबैभन्दा महत्त्वपूर्ण लक्षण मध्ये एक हो । यस्तो स्थितिमा खुट्टाका मांसपेशीहरूमा दुखाई, ऐंठन र थकान पैदा हुन सक्छ ।

त्यस्तै उच्च कोलेस्ट्रोलको अवस्थामा खुट्टाका रङ्ग तथा बनावटमा पनि परिवर्तन देखिने गर्छ । जब खुट्टाको कुनै भागमा रगतको प्रवाह कम हुन्छ त्यहाँको अङ्गको बनावट नै परिवर्तन हुन सक्छ ।

यस्तै खालको परिवर्तन तपाईं पनि आफ्नो शरीरमा देख्नुहुन्छ भने डाक्टरसँग एकपटक सल्लाह लिनु बुद्धिमानी हुन्छ । कोलेस्ट्रोलको जाँच गर्नका लागि धेरै ठूलो प्रक्रिया पनि हुँदैन । यो सजिलै रगतबाट जाँच गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved