गहुँको एलर्जी शरीरमा कसरी देखिन्छ ?

नेपालभ्युज

गहुँको एलर्जी शरीरमा कसरी देखिन्छ ?

एजेन्सी । तपाईंले धेरैपटक ‘लेक्टोज इन्टलरेन्स’ को बारेमा सुन्नुभएको होला तर के कहिल्यै ‘ह्विट इन्टलरेन्स’ को बारेमा सुन्नुभएको छ ? यदि सुन्नुभएको छैन भने यो गहुँबाट हुने एलर्जीलाई भनिन्छ । कतै तपाईंलाई पनि गहुँको रोटी वा अन्य प्रकारले गहुँको सेवन गर्दा एलर्जी त भइरहेको छैन । यसको बारेमा जानौं ।

ह्विट इन्टलरेन्सलाई हामी सबैले ग्लुटेनबाट हुने एलर्जीको रुपमा जान्दछौं । यो एउटा यस्तो रोग हो जो एचआईभी एड्स भन्दा पनि तीव्र गतिमा फैलिरहेको छ । यो समस्या बच्चाहरुमा धेरै पाइने गर्छ जसले गर्दा बच्चा पूर्ण रुपमा विकास समेत हुन पाउँदैन ।

एलर्जीले के हुन्छ ?

ग्लुटेनले हुने एलर्जी अटो इम्यून रोग हो । यसमा शरीरको रोग प्रतिरोधात्मक क्षममता आफ्नै एक प्रोटिनका विरुद्ध एन्टीबडी बनाउन शुरु गर्छ । यस्तोमा व्यक्तिलाई गहुँ, जौं जस्ता ग्लुटेन भएका चिजहरुबाट एलर्जी हुन थाल्छ । यो एलर्जीको कारणले सानो आन्द्रामा नोक्सान पुग्न सक्छ ।

पेट सम्बन्धी समस्या

गहुँको एलर्जीले पेटको समस्या हुने खतरा बढ्छ । यसले वाकवाकी, वान्ता, पेट दुख्ने, फुल्ने जस्तो समस्याहरु हुन सक्छ ।

छालासम्बन्धी समस्या

गहुँको एलर्जीको असर छालामा पनि देखिन्छ । यसको सबैभन्दा आम संकेत भनेको छाला पोल्ने हुन्छ । यसले एक्जिमा वा सामान्य चिलाउने जस्तो समस्या पनि हुन सक्छ ।

स्वास फेर्न गाह्रो

गहुँको एलर्जीले मानिसलाई स्वासप्रस्वास सम्बन्धी समस्या पनि हुन थाल्छ । यस्तोमा खोकी, आत्तिने, हाछ्यूँ आउने वा स्वास फेर्न गाह्रो हुने हुन्छ ।

अन्य समस्या

गहुँको रोटी वा त्यसबाट बनेको चिजहरुको सेवनले छाती पोल्ने, स्वास लिन गाह्रो, निल्न गाह्रो, चक्कर आउनु, मुटु दुख्नु जस्ता समस्याहरु हुन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved