हाजिरी जमानीमा छुटे महरा

नेपालभ्युज

हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् ।

सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिरी जमानीमा छाड्ने आदेश दिएका हुन्।

सीआईबीले महरालाई छोरा निर्मलको जिम्मा लगाएको छ । स्वास्थ्य अवस्थालाई कारण देखाउँदै महरालाई हाजिरी जमानीमा छाडिएको हो ।

सीआईबीले दुई दिन लगाएर महरासँगको बयान लिइसकेको छ । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।

महरालाई गत चैत ५ गते भैरहवाबाट पक्राउ गरिएकोे थियो । गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको आरोपमा महरामाथि अनुसन्धान सुरु भएको हो ।

सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved