महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित छन् : कानूनमन्त्री गिरी

नेपालभ्युज

महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित छन् : कानूनमन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरूषको तुलनामा महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन् ।

शुक्रवारबाट ललितपुरमा सुरू भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै उनले न्याय सम्पादन सधैँ सही नहुने बताए ।

गिरीले महिला न्यायाधीशहरूले गरेको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको जानकारी दिए ।

कानूनको अध्ययन गर्ने महिलाहरूको संख्या पनि उल्लेख्य रहेको उनको भनाई छ ।

मन्त्री गिरीले अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved