महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

नेपालभ्युज

महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं । पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुदैछ । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन सुरु हुन लागेको हो ।

‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने छन् ।

सम्मेलन बिहान ९ बजे कुपण्डोलको हिमालय होटलमा सुरु हुनेछ । महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सर्वोच्च अदालतसहितका ४३ महिला न्यायाधीश सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved