महराको बयान आजै सक्ने तयारी, स्वास्थ्य कमजोर बन्दै

नेपालभ्युज

महराको बयान आजै सक्ने तयारी, स्वास्थ्य कमजोर बन्दै

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान आज सक्ने तयारी गरिएको छ । सरकारी वकिलको कार्यालयमा हिजोदेखि सुरु गरिएको बयान लिने काम आज सक्ने तयारी गरिएको हो ।

महराको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले छिटो अनुसन्धान गरी पुरक प्रतिवेदन बुझाउने बताएको छ । बयानका लागि महरालाई आज पनि नर्भिक अस्पतालबाटै सरकारी वकिलको कार्यालय लगिने छ ।

स्वास्थ्यको कारण देखाउदै महरालाई प्रहरी हिरासतमा नराखी अस्पतालमा राखिएको हो । काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको चार दिनको अनुमति आज सकिँदैछ ।

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति मागिने सीआइबीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए ।

यही प्रकरणमा महराका कान्छा छोरा राहुललाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भेपभित्रको ९ केजी र ब्रेक सुभित्रको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी पाएको सिआइबीले पूर्वसभामुख महरालाई यसअघि सामान्य सोधपुछ गरी कागजी बयान लिएर छाडेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved