अनलाइन जुवा खेलाउने यी तीन युवती, जसको प्रभावमा परेर युवाहरूले करोडौँ गुमाए

नेपालभ्युज

अनलाइन जुवा खेलाउने यी तीन युवती, जसको प्रभावमा परेर युवाहरूले करोडौँ गुमाए

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ युवती पक्राउ परेका छन् । एक युवा पनि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णिमा राई छन् ।

नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा पनि पक्राउ परेका छन् ।

उनीहरूले क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । सो खेलबाट युवाहरूले करोडौ रुपैयाँ गुमाएको उजुरी परेको छ । उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले युवतीहरुको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved