कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

नेपालभ्युज

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

सोमबार बिहान भैरहवाबाट पक्राउ परेका उनलाई यति एयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो ।

त्रिभुवन विमानस्थलबाट महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

बिहिबार सुन तस्करी जाँचबुझ आयोगले महरासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसदिनदेखि नै प्रहरीले सबै २१ जनामाथि कडा निगरानी राखेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved