कृष्णबहादुर महरा पक्राउ

काठमाडौं ल्याइँदै

नेपालभ्युज

कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले लुम्बिनीको कपिलवस्तुबाट नियन्त्रणमा लिएको हो ।

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन बुझाएपछि गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए । यसपछि उनी पक्राउ परेका हुन् ।

साउन २ मा ब्रेक-सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

पक्राउ परेका महरालाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved