लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

नेपालभ्युज

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन
फाइल फोटो

काठमाडौं । सरकारले  लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने  कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै कार्यदलमा लघुवित्त विरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने मन्त्रालयले जनाएको छ ।

कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ । मन्त्रालयका अनुसार  कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षको मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका प्रक्रिया अघि बढाइनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved