सुन प्रकरणमा कारबाही सिफारिस भएपछि सीआईबीका डीएसपी हेडक्वार्टर तानिए

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरूलाई सीआईबीबाट हटाइको हो ।

नेपालभ्युज

सुन प्रकरणमा कारबाही सिफारिस भएपछि सीआईबीका डीएसपी हेडक्वार्टर तानिए

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले सीआइबीकै उच्च अधिकारीलाई कारबाही गर्न सिफारिस गरेपछि त्यहाँको नेतृत्वदेखि तल्लो तहसम्म हेरफेर हुन लागेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरूलाई सीआईबीबाट हटाउने निर्णय भएको हो ।

सीआइबी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने तयारी छ ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचार्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

तत्कालीन एसपी सञ्जय सिंह थापा पनि कारबाहीमा पर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved