सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यलाई निलम्बनको तयारी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै तस्करीको छानबिनमा गम्भीर त्रुटि गर्नेलाई निलम्बन प्रक्रिया अघि बढाउने प्रक्रिया चालेको बताइएको छ ।

नेपालभ्युज

सुन तस्करी प्रकरण : सीआईबी प्रमुख बज्राचार्यलाई निलम्बनको तयारी

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेपछि प्रमुखलाई निलम्बन गर्ने तयारी भएको छ ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेपछि निलम्बनको तयारी भएको गृहमन्त्रालयल स्रोतले जनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै तस्करीको छानबिनमा गम्भीर त्रुटि गर्नेलाई निलम्बन प्रक्रिया अघि बढाउने प्रक्रिया चालेको बताइएको छ ।

उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।

योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।

उनीहरूले सुन तस्करीमा जोडिएका मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित भएकोलाई समेत छाडेको उनीहरु माथि आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved