राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गरौं : सोबिता गौतम

नेपालभ्युज

राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गरौं : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने बताएकी छन् ।

संसदमा “निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथिको छलफलमा भाग लिदै सांसद गौतमले त्यसका लागि कम्पनी बनाउन सुझाव दिएकी हुन् ।

हालको प्रस्तावित विधेयकले सबै अधिकार स्थानीय सरकारलाई दिएकोमा पनि उनले असन्तुष्टि जनाइन । यसरी सम्पूर्ण अधिकार स्थानीय सरकारलाई सुम्पदा प्राकृतिक स्रोतको दोहन हुनसक्ने भन्दै उनले प्राविधिक दृष्टिबाट प्राकृतिक स्रोत व्यवस्थापन तथा नियमन गर्न स्थानीय सरकार अहिले नै सक्षम नभएको दाबी गरिन् ।

यसको सट्टा राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गर्ने, हिउँदको समयमा उत्पादन गरेर वर्ष भरि वितरण गर्न सक्ने गरि ७ प्रदेशमा ठूलो परिमाणमा यस्ता कच्चा पदार्थ संकलन र उत्पादन गर्दा राष्ट्रिय निर्माण परियोजनाको लागत घट्ने तथा यसले राष्ट्रिय कुल ग्राह्स्थ उत्पादनमा योगदान दिने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved