कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

नेपालभ्युज

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
तस्वीर - बायाँबाट क्रमश: सुजन कार्की, धिरज गुर्मछाने मगर, सुरतबहादुर कडायत

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका तीनजना नेपालीको कार दुर्घटनामा परि मृत्यु भएको छ ।

मंगलबार बिहान महबुला शहरको सिसाइड रोडमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक नगरपालिका ५ का सुरतबहादुर कडायत, धनुषाका धिरज गुर्मछाने मगर छन् । उनीहरु पापाजोन कम्पनीमा कार्यरत थिए ।

हवालीमा बस्दै आएका कार्की र मगर सोमबार राति महबुला बस्ने साथी कडायतलाई भेट्न गएका थिए ।

मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत साथीहरुलाई बस चढाउन आएका थिए । सोही क्रममा कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

परिवारसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved