सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई अध्ययन प्रतिवेदन बुझायो

नेपालभ्युज

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई अध्ययन प्रतिवेदन बुझायो

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबार पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लगाएर अध्ययन र जाँचबुझ गरेको हो ।

आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved