पाकिस्तानका राष्ट्रपति जरदारीले छोरी आसिफालाई बनाए प्रथम महिला

नेपालभ्युज

पाकिस्तानका राष्ट्रपति जरदारीले छोरी आसिफालाई बनाए प्रथम महिला

काठमाडौं । पाकिस्तानमा आसिफा भुट्टो जरदारी देशको प्रथम महिला बनेपछि चर्चामा छिन् ।

सामान्यतया देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिला मानिन्छ।

तर, पाकिस्तानमा राष्ट्रपति आसिफ अली जरदारीले आफ्नी छोरी आसिफालाई प्रथम महिला बनाउने ऐतिहासिक घोषणा गरेका छन् ।

जरदारीकी पत्नी तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो ।

त्यतिबेला आसिफा भुट्टो मात्र १४ वर्षकी थिइन् । बेनजिर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री थिइन् र सन् १९९८ मा प्रधानमन्त्री बनेपछि उनी तीन सन्तानकी आमा बनिन्।

जरदारी पहिलो पटक सन् २००८ मा राष्ट्रपति बनेका थिए भने बेनजिर भुट्टोको २००७ मा हत्या भएको थियो । त्यसबेला आधिकारिक रूपमा पहिलो महिलाको रूपमा कसैलाई नियुक्त गरिएको थिएन । जरदारी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए ।

तर, यसपटक पाकिस्तानमा नयाँ सरकार बनेपछि आसिफ अली जर्दारीले गत आइतबार देशको १४औं राष्ट्रपतिको शपथ लिएपछि उनकी कान्छी छोरी आसिफाको प्रथम महिला पदका लागि घोषणा गरिएको थियो ।

अहिले आसिफा ३१ वर्षकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved